व्यासको नारेश्वर ताल : ड्याम र सिंचाई ट्याङ्की निर्माण अन्तिम चरणमा

दमौली : तनहुँको व्यास नगरपालिका–१०, दुम्सीचौरमा निर्माणाधीन नारेश्वर ताल र ड्यामको काम अन्तिम चरणमा पुगेको छ । सिँचाइ डिभिजन कार्यालय तनहुँ मार्फत विगत लामो समयदेखि रोकिएको ड्याम निर्माण कार्य यस वर्ष पूर्णता पाएसँगै अब तालमा माटो फाली पानी भर्ने कार्य सुरु गरिने भएको हो ।

नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यस बहुउद्देश्यीय परियोजना करिब २४–२८ रोपनी क्षेत्रमा फैलिएको छ । अब तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माणको काम अगाडि बढाइनेछ ।

तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ, जसबाट आसपासका कृषकलाई आवश्यक सिँचाइको पानी वितरण गरिनेछ । यसबाट स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न मद्दत हुने विश्वास नगरपालिकाले लिएको छ ।

व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजनाले पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिका यस परियोजनामार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker