लागुऔषध दुर्व्यसनी र साइबार क्राइम न्यूनिकरणमा युवा
भञ्ज्याङ न्यूज

जागौं युवा नेपालले लागुऔषध दुर्व्यसनी र साइबार क्राइम न्यूनिकरणका विषयमा युवाहरुलाई सचेतना गराएको छ । १५ देखि २५ वर्ष उमेर समुहका महिला पुरुष लागुऔषध दुर्व्यसन र साइवर क्राइममा फस्दै गएपछि व्यास-२ को सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष काशीराम श्रेष्ठले बजार क्षेत्रमा मात्रै नभएर गाउँ गाउँसम्म लागुऔषध ओसारपोसार तथा दुर्व्यसनको खतरा बढेकाले सचेतना कार्यक्रम गर्न आवश्यक रहेको बताए। उनले भने, ‘यसलाई जिल्लाभर निरन्तरता दिन स्थानीय तहहरुको पनि सहयोगको आवाश्यक छ । सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन र साइबार क्राइमसँगै बालविवाह समेत न्युनिकरण हुने नागरीक समाजको अपेक्षा छ ।’
जिल्लामा भएका लागुऔषधका घटनाको तथ्याङक प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले किशोर अवस्थादेखि नै युवाहरुले लागुऔषध सेवन गर्ने गरेको कारण विभिन्न जघन्य अपराधका घटनाहरु समेत हुने गरेको पाईएको बताए ।
‘लागुऔषध दुर्व्यवसन न्युनिकरण अभियानमा प्रहरी लागि परेको छ, यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन’ उनले भने, ‘युवालाई दुर्व्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो, प्रहरी नियन्त्रणमा रहेकालाई कानुन अनुसार जरिवाना तथा कैद सजाय हुन्छ ।’ दुर्व्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबैलाई उनले अनुरोध गरे ।
साथी भाईको लहलहै तथा अशिक्षा र बेरोजगारीका कारण लागुऔषध दुर्व्यसनमा फसेको पाइएको छ । युवा अभियन्ता अपार पौडेलले भुर्चअल मार्फ युवाहरुलाई प्रशिक्षण दिएका थिए । जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा वडा सदस्य राधिका परियार, सविन लामिछाने लगायतले लागुऔषध र साइवरक्रामका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










