कांग्रेस उम्मेदवार भट्टराइका प्रतिवद्धता : मेडिकल कलेज, पानी र बिजुलीको व्यवस्था

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ-१ मा वैशाख १० हुने उपचुनावका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराइले मेडिकल कलेज, निःशुल्क पानी, बिजुलीको व्यवस्था लगायतका १० बुँदे प्रतिवद्धता सहित चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार  भट्टराइले सार्वजनिक गरेका आफ्नो चुनावी अपिलमा उक्त प्रतिवद्धता जनाएका छन् । अपिल सार्वजनिक गर्दै भट्टराइले पाँच वर्षभत्र सबै घरमा खानेपानी र बिजुली पुर्‍याउने घोषणा गरेका छन्।

उनले गरिब र नसक्नेका लागि न्यूनतम बिजुली र पानीको शुल्क नलिने व्यवस्था गराउने पनि उल्लेख गरेका छन् । सबै पालिकाबाट घर घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उनको प्रतिवद्धतामा छ ।

तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पताल समेत स्थापना गर्ने उल्लेख गरेका छन् । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिवद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।

व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभत्र स्तरोन्नति सक्ने प्रतिवद्धता उनको छ । प्रतिवद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ ।

जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराइले प्रतिवद्धता जनाएका छन् ।

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराइको प्रतिवद्धतामा छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराइले घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराइले विकासका योजना साकार पार्न जनताबाट अनुमोदित हुन चाहेको बताएका छन् । जिल्लाका विभिन्न ठाउँमा मतदातासँग भेट गर्दै भट्टराइले पदमा नहुँदा पनि विकासका लागि क्रियाशील रहँदै आएको उल्लेख गरे ।

उनले यो क्षेत्रमा ६० भन्दा बढी खानेपानी योजना ल्याएको दावी गरे । ‘तनहुँमा पानीको तिर्खा मेटाउने हुटहुटि थियो । तपाईं हामीले सँगै प्यास मेट्ने सपना देख्यौं । त्यो सपना पूरा गर्न दिनरात नभनी काम गरे’, उनले भने, ‘कुवा खोज्न कतिपटक जंगल चहारे । योजना स्वीकृत गर्न सयौं पटक मन्त्रालय चहारे । धेरै मेहेनतले, यो क्षेत्रमा ६० भन्दा बढि खानेपानी योजना ल्याएँ । तर, तनहुँको तिर्खा मेटिएको छैन् ।’

‘देखेका थुप्रै सपना साकार पार्नु छ । हाम्रा मुद्दालाई केन्द्रसम्म पुर्‍याउने अवसर रहेको छ’, उनले भने, ‘यस पटक मलाई हजुरहरूको साथको सबै भन्दा धेरै खाँचो छ । सधैँ जस्तो माया पाउने छु भन्ने विश्वास पनि छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker