कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता पौडेल

भञ्ज्याङ समाचारदाता (पोखरा)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/ माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको बताए ।

“संसद्मा हाम्रो संख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ”, उनले बताए । उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरेका छन् ।

नेता पौडेलले तीन दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई नगद २५ हजारसहित सम्मान गरेका थिए । लौडारी रेडियो तरङ्ग र हिमदूत दैनिकमा आबद्ध छन् । सम्मानित व्यक्तित्व लौडारीले सशस्त्र द्वन्द्वका धेरै समाचार लेखेको अनुभव सुनाउँदै शान्ति पुरस्कारले थप जिम्मेवार बनाएको बताए ।

पूर्णप्रसाद/माया बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले धर्म, संस्कार, संस्कृति र शान्तिको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको बताए । कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष नवीन सिग्देल लगायतले समसामयिक राजनीति र पत्रकारिताको भूमिकाको विषयमा बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker