नेकपा (एकीकृत समाजवादी) तनहुँको पार्टी कार्यालय सञ्चालन
भञ्ज्याङ न्यूज

नेकपा (एकीकृत समाजवादी) तनहुँले पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । व्यास-४ दमौलीमा एक कार्यक्रमका बीच पार्टी कार्यालयको सञ्चालनमा ल्याइएको हो । पार्टी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठले कार्यालय शुभारम्भ गर्दै संविधान र गणतन्त्रको रक्षा गर्न अहिले बाध्यताले नयाँ पार्टी खोल्नु परेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पार्टीकी केन्द्रीय सदस्य कलिला खानले समाजवादका लागि एकीकृत समाजवादीमा आउन नेता/कार्यकर्तालाई आव्हान गरिन ।

‘यात्रा समृद्धिको लक्ष्य समाजवादको’ भन्ने नाराका साथ पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिव श्रीराम कार्कीले बताए ।
प्रतिनिधि सभाका सदस्य एवं नेकपा एसका केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठ -किसान)को निर्वाचन क्षेत्रीय कार्यालयसंगै पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ ।










