सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार औपचारिक वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भए पनि औपचारिक वार्ता भने शुक्रबार हुने भएको छ ।

बिहीबार विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए ।

साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

छलफलमा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । ‘उहाँहरुले जुन माग तेस्र्याउनुभएको थियो, त्यसमै केन्द्रित भएर छलफल भयो । भोलि विहान टुंगिन्छ’ उनले भने । शुक्रबार विहान ८ बजे बैठक बोलाइएको मन्त्री गुरुङले भने ।

बिहीबार साँझ भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षकको मागका सबैजसो बुँदामा छलफल भए पनि औपचारिक वार्ता नभएको बताए ।

‘प्रत्येक बुँदामा छलफल भयो तर सरकारले वार्ताका लागि औपचारिक पत्र नपठाएका कारण हामी हस्ताक्षर गर्दैनौं भन्यौं’ उनले भने, ‘भोलि फेरि वार्ता हुन्छ ।’

सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको हो ।

महासंघले अघि सारेको १७ बुँदे माग पूरा हुनुपर्ने भन्दै देशभरका शिक्षक बुधबारदेखि काठमाडौंमा प्रदर्शनरत छन् । शिक्षकहरुको आन्दोलनका कारण सरकारी विद्यालयमा पढाइ बन्द भएको छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker