ट्रयाक खोलेको तीन दशक पछि कालोपत्र

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–हर्कपुर मोटरमार्ग अन्तर्गत बेसारेगौंडा टारखण्डमा सडक कालोपत्र गरिदै । २०५० सालमा ट्रयाक खोलिएको यस सडक शुक्लागण्डकी नगरपालिकाको दुई करोड दुई लाख रुपैयाँ लागतमा अस्फाल्ट प्रविधिको कालोपत्र गर्न सुरु गरिएको छ ।
सडकको कालोपत्र गुणस्तरीय बनाउनका लागि नगरप्रमुख कृष्णराज पण्डित सहितको प्राविधिक टोलीले बुधबार स्थलगत निरीक्षण गरेको थियो । तस्विर : भञ्ज्याङ