नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सिग्देल र न्यौपानले उम्मेदवारी दिने

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा टुकराज सिग्देल र भगवती न्यौपानले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। सिग्देलले आफु महाधिवेशनमा भुगोल तर्फको केन्द्रीय सदस्यको उम्मेदबार बन्ने बताए । केन्द्रीय सल्लाहाकार परिषदका सदस्य रहेका सिग्देल सोही कमिटीबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । २०५६ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सिग्देल २०७० सालको संविधान सभा निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर ३ बाट निवार्चित भई संविधान निर्माणमा सक्रिय थिए । नेकपा एमाले भित्र सादगी, इमान र निष्ठाको राजनीति गर्ने, बर्गीय चेत भएको तथा नैतिक मुल्य र मान्यताको पक्षपाती नेताको रुपमा सिग्देललाई लिईन्छ । उनको नेतृत्वमा तनहुँ क्षेत्र नम्बर ३ मा विकास निर्माणको कामले तीव्र पाएको थियो ।

२०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका सिग्देल नेकपा माले तनहुँको संस्थापक मध्येका एक हुन् । त्यसअघि २०३३ देखि २०४० सालसम्म पोखराको पृथ्वीनारयण क्याम्पसमा अनेरास्ववियुको राजनीति गरेका सिग्देल २०४१ देखि २०४५ सम्म किहुँको सिर्द्धार्थ माविमा शिक्षण समेत गरेका थिए । पार्टीले पूर्णकालिन हुनु पर्ने निर्देशन दिएपछि उनी शिक्षण पेशा छोडी पुर्णकालिन राजनीतिमा होमिएका थिए । त्यसपछि सिग्देलले २०४६ सालको जनआन्दोलनमा बाममोर्चाको सचिवको रुपमा तनहुँको आन्दोलनको अगुवाई गरेका थिए ।

निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा सिग्देल २०४२ सालमा राजकाज अपराध सम्बन्धी मुद्दामा नौ महिना दमौली जेलमा समेत बसेका थिए । उनी २०५० देखि २०५६ सम्म दुइ कार्यकाल नेकपा एमाले तनहुँको सर्वसम्मत सचिव (पार्टी प्रमुख) बनेका थिए । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका सिग्देल नवौं महाधिवेशनमा भने थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

यस्तै, एमाले तनहुँकी सचिव एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदबारी दिने बताएकी छन् । १०औं राष्ट्रिय महाविशेनमा न्यौपानेले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएकी छन् । ०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपाने २०५६ सालदेखि सक्रिय राजनीतिमा लागेकी छन् । नेकपा एमालेको जिल्ला कमिटीको विभिन्न पदको जिम्मेबारीमा रहेकी न्यौापाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज समेत हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी उनी २०६२/०६३ को आन्दोलनको चर्चित पात्र समेत हुन् ।

राष्ट्रिय सभामा महत्वपुर्ण भुमिका खेल्दै आएकी नेतृ न्यौपानेको राष्ट्रिय सभामा हुने मन्तव्य चर्चित बन्दै आएको छ । पार्टीको नीतिलाई जोड तोडका साथ राष्ट्रिय सभामा प्रस्तुत गर्ने मात्र नभई उनले राष्ट्रिय राजनीतिका समसामयीक विषयलाई समेत सभामा ओजनदार रुपमा प्रस्तुत गर्दै आएकी छन् । सोही कारण एमालेको नेतृत्वमा रहेका नेताहरुको नजरमा न्यौपाने पर्दै आएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हार्डलाइनर न्यौपानेलाई यस पटक केन्द्रीय सदस्य बनाई भुगोलको राजनीतिमा पठाउने विषयमा अध्यक्ष ओली समेत सकारात्मक भएको स्रोतले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker