प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत व्यासमा ८७ जनाले पाए रोजगारी

भञ्ज्याङ समाचारदाता/दमौली

ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास-६ की रोजिना सुनारलाई एक वर्ष अघिसम्म परिवारको साँझ-बिहानको छाक टार्न धौधौ थियो । उनले काम पाएको दिन त परिवारको जसोतसो छाक टथ्र्यो, नपाएको दिन भने भोकै बस्नुपथ्र्यो ।

‘एक वर्ष अघिसम्म मलाई घर खर्च चलाउन निकै समस्या थियो’, उनले सम्झिइन्, ‘काम पाएको दिन त ज्यालाबाटै परिवारको खर्च चलाइन्थ्यो । तर, काम नपाएको दिन भने छाक टार्नै समस्या हुन्थ्यो ।’ तर अहिले उनि आफनो वडाको बाटो, नाली र चौतारी निर्माणमा व्यस्त छिन् । उनले अहिले दैनिक रुपमा ६ सय १६ रुपैया ज्याला मार्फत आम्दानी गर्छिन्।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि उनले रोजगारी पाएकी हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा काम गर्न थालेपछि उनको परिवारको ‘गरिबी’ हटेको छ । उक्त कार्यक्रममा मजदुरका रूपमा काम पाएपछि अहिले उनको परिवारमा पहिलेजस्तो घर खर्चको समस्या छैन । ‘प्रधानमन्त्री रोजगारको कमाइबाट घरमा नुन, तेल, चामल किनेर दैनिक छाक टार्न र बच्चा बच्चीको शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता परिपूर्ति गर्न खर्च गरिरहेको छु,’ उनले सुनाइन् ।

आफ्नै कमाइबाट घर खर्च पुगेपछि दङ्ग छिन् उनी । ‘पहिले आफन्त र छरछिमेककहाँ पैसा माग्न जाँदा सुनाउँथे’, उनी भन्छिन्, ‘प्रधानमन्त्री रोजगारका योजनामा काम गर्न थालेपछि अहिले दुइ छाक र्टार्नका लागि कसैसँग पैसा माग्न जानुपरेको छैन ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनामा उनी निरन्तर काम गरिरहेकी छिन् । व्यास १४ का लेखविक्रम थापा पनि एक वर्ष अघिसम्म घरमै बेरोजगार बसेका थिए । अहिले सुनार जस्तै थापा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका विभिन्न योजनामा काम पाएपछि घर खर्च चलाउन सक्षम भएको उनले सुनाए ।

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा काम गरेपछि परिवारको थुप्रै आवश्यकता पूरा गर्न सकिएको छ ।’ पहिले बेरोजगार हुँदा थुप्रै कुराको अभाव झेल्नुपरेको उनले सुनाए । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्दा गाउँका केही व्यक्तिले खिसी गरे पनि आफूले काम नछाडेको उनले बताए ।

सुनार र थापा प्रतिनिधि पात्रहरू मात्र हुन्, प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरूजस्ता व्यास नगरपालिकाका ८७ जनालाई घर खर्चको जोहो गरिदिएको छ । घर खर्च चलाउने चिन्तामा रहेका व्यक्तिहरूका लागि यो कार्यक्रमले आर्थिक राहत दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यास नगरपालिका संयोजक सुचिता थापाले यो कार्यक्रमले गरिब परिवारको जीवनस्तरमा सुधार भएको बताईन् । उनले भनिन्, ‘यो कार्यक्रम अन्तर्गत बेरोजगारहरूले रोजगारी पाउँछन् । यसले स्वतः उनीहरूको परिवारको जीवनस्तरमा सुधार गर्छ ।’

उनको अनुसार चालू आर्थिक वर्षमा मात्रै व्यास नगरपालिकामा ३५७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका थिए जसमा अहिले ८७ जना मात्र रोजगारी गर्ने गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीसँगै विकास निर्माणमा पनि सघाउ पुर्‍याएको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउछन् । उनले भने, ‘यो कार्यक्रमले सामान्य रोजगारी सिर्जना गरेको छ । समुदायले पनि सरकारले सञ्चालन गरेको यो कार्यक्रमबाट लाभान्वित भएको महसुस गरेको छ । समुदायमा पनि सानातिना कामहरू भएका छन् ।’ बेरोजगारहरूले न्यूनतम १०० दिन रोजगारी पाउने भएकाले यसले उनीहरूको आर्थिक अवस्था सुधारेको उनको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker