पोषण लेखाजोखा अभियान

तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत खैरेनीटार स्वास्थ्य चौकी दुलेगौंडाद्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ अन्तर्गत बालबालिको पोषण अवस्थाको लोखाजोखा गरिदै । स्वास्थ्य चौकीले समुदाय, विद्यालय तथा स्वास्थ्य संस्थामार्फत वैशाख १५ गतेदेखि ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूका लागि लक्षित यस कार्यक्रममा पोषण अवस्था परीक्षण, परामर्श तथा आवश्यक जानकारी प्रदान गर्दै आएको छ । आफ्ना नानीबाबुहरूको स्वस्थ भविष्यका लागि सबै अभिभावकलाई पोषण लेखाजोखा कार्यक्रममा अनिवार्य सहभागी गराइदिन आग्रह गरिएको छ । तस्विर : भञ्ज्याङ










