‘चपली हाइट ३’  फागुन १ गते  देखि देशभरका हलमा

कहिले कोरोना कहर त कहिले विदेशी चलचित्रका कारण पटक पटक प्रदर्शन मिति सरेको चलचित्र ‘चपली हाइट ३’ गत पुष ३० गतेबाट हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेपछि चलचित्र तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निमातालाई आर्थिक रुपमा ठूलो मार प¥यो ।

प्रदर्शनको तीन दिनमा चलचित्रले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको थिएन । तर, समीक्षकले चलचित्र रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो । तर, प्रदर्शनको तीन दिनमै हलहरु बन्द भएपछि चलचित्रको प्रदर्शन रोकियो । यद्यपि, हल खुलेपछि फेरि चलचित्र प्रदर्शन गर्ने अडानमा निर्माता अर्जुन कुमार थिए ।

सीसीएमसीसीको सिफारिसमा फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘चपली हाइट ३’ लाई फेरि प्रदर्शन गरिने भएको छ । अर्जुन कुमारले विज्ञप्ति जारी गर्दै चलचित्र पुनः प्रदर्शनमा आउने जानकारी दिँदै आफूले दोस्रो मौका पाएको बताएका छन् । उनी दोस्रो मौकामा चलचित्रलाई दर्शकले साथ दिनेमा विश्वस्त छन् । चलचित्रले भ्यालेनटाइन डेको फाइदा उठाउन सक्ने विश्वास लिइएको छ ।

चलचित्रमा महेश त्रिपाठी स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । निकेश खड्का निर्देशित क्राइम थ्रिलर चलचित्रमा आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत र पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker