हलगोरु पाल्ने किसानलाई शुक्लागण्डकी नगरपालिकाद्वारा अनुदान वितरण सुरु

शुक्लागण्डकी : परम्परागत कृषि प्रणालीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण सुरु गरेको छ। नगरपालिकाले २०८१ साल चैत महिनामा सूचना प्रकाशित गरी अनुदानका लागि आवेदन आह्वान गरेको थियो।

सोही कार्यक्रमअन्तर्गत बिहीबार शुक्लागण्डकी नगरपालिका–१२ का ३९ जना हलगोरु पाल्ने किसानलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको छ। अनुदान वितरण कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष इन्द्र गुरुङ, नगरपालिकाको पशु सेवा शाखाका प्रमुख झलककृष्ण भण्डारी तथा पशु स्वास्थ्य प्राविधिक हरिप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो।

नगरपालिकाले प्रारम्भिक रूपमा प्रतिकिसान १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने योजना बनाएको भए पनि बजेट सीमितताका कारण रकम घटाएर ५ हजार रुपैयाँ कायम गरिएको जनाएको छ।

नगरपालिकाका अनुसार अनुदान कार्यक्रमका लागि आवेदन माग गरिएपछि शुक्लागण्डकीभरबाट ४३५ जना किसानले आवश्यक कागजातसहित निवेदन पेश गरेका थिए। चरणबद्ध रूपमा योग्य किसानलाई अनुदान वितरण गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले कृषि पेशामा किसानको आकर्षण बढाउन, स्थानीय जातका गोरुको संरक्षण गर्न तथा यान्त्रिकीकरण नपुगेका क्षेत्रमा परम्परागत खेती प्रणालीलाई निरन्तरता दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker