शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट

दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट हुने भएको छ ।

देश विदेशमा सर्वाधिक खोजिएका मध्य एक खरेलको कन्सर्ट साँझ ७ बजेदेखि ९ बजेसम्म हुने संयोजक सुमन सापकोटाले बताए । यसैगरी दिउँसो कलाकार घनश्याम रिजाल, सञ्जिव सिंह राना, सन्तोष केसी, तुलसा क्षेत्री लगायतको प्रस्तुती समावेश गरिएको छ ।

आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीसँगै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको संघका उपमहासचिव विर्सना श्रेष्ठले जानकारी दिइन् ।

साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता चलिरहेको छ । भलिबलतर्फ आइतवार म्याग्दे र बौद्धिकाली, माछापुच्छ्रे र पुतलीबजार र शुक्लागण्डकी ए र भिमादबीच खेल हुने प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker