तनहुँमा चलचित्र निर्माण कार्यशाला

जिल्लाको भिमाद नगरपालिका-२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ ।

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवर्द्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका-२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवर्द्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताए ।

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियो भने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी हुनुभएको थियो। पच्चीस सहभागीमध्येबाट छनोट भएका छ वटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker