सचेतना मुलक कार्यक्रम

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-१ डुम्रे बजारमा सडक दुर्घटना न्यूनिकरणका विषयमा सचेतना मुलक कार्यक्रम प्रस्तुत गर्दै प्रहरी । प्रहरी चौकी डुम्रे र ट्राफिक प्रहरी कार्यालय डुम्रेको संयोजन तथा प्रहरी नायब निरीक्षक बिरेन्द्र कुमार खड्काको नेतृत्वमा राजमार्ग तथा भित्री सडक खण्डमा सञ्चालन हुने सवारीसाधन, यात्रु तथा बजार क्षेत्रका बासिन्दालाई सडक दुर्घटना के कसरी हुन्छन्, यस्ता दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि के कस्तो सावधानी अपनाउनुपर्छ भन्ने विषयमा सचेतना मुलक कार्यक्रम प्रस्तुत गरिएको थियो । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










