ऋषिङका किशोरीहरुलाई एचपिभी खोप

तनहुँको ऋषिङ गाउँपालिका–२ ग्वास्लुङस्थित राधा आधारभूत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइतबार पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाउँदै स्वास्थ्यकर्मी ।

तनहुँमा दोश्रो चरण अन्तर्गत माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वडाहरुमा विद्यालय जाने र नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई निःशुल्क खोप लगाइदै छ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गरिएको र देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । तस्विर : भञ्ज्याङ










