तनहुँलाई गर्व गर्ने लायकको जिल्ला बनाउने छु : एमाले उम्मेदवार खनाल
भञ्ज्याङ न्यूज

तनहुँ-१ उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार र्सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई गर्व गर्ने लायकको जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । नेकपा एमाले व्यास नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने प्रतिबद्धता जनाए ।
खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । उनले देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको बताए ।
खनालले प्रहरी महानिरिक्षकको रुपमा ललिता निवासकान्डमा आफुले दोषीलाई कारवाही गर्न फाईल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको समेत बताएका छन्। उनले भने, ‘आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सर्म्बर्द्धनमा लागिरहे । आफ्नो प्रहरी सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकालागि काम गरे। आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको छु ।’
जागिरे जीवनकालमा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको बताउँदै खनालले सरकार र द्वन्द्वरत पक्षविच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउनेकामको सुरक्षा जिम्मेवारी आफ्नो नेतृत्वमा भएको बताए ।










