तनहुँका बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा संक्रमण बढ्दो

भञ्ज्याङ समाचारदाता/दमौली

व्यापार व्यवसाय कि पुरै खोलौं कि केही दिन पूर्ण रुपमा बन्द गराऔं

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको एक महिना बितेको छ । कोरोना संक्रमण तथा रोकथामका लागि भन्दै जारी गरिएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । निषेधाज्ञा लम्बाइएपनि जिल्लामा कोरोना संक्रमण दर भने घट्न सकेको छैन । तनहुँका बजार क्षेत्र भन्दा अहिले ग्रामीण क्षेत्रका बासिन्दा संक्रमति हुनेको संख्या समेत बढ्दै गएको छ ।

निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले अत्यावश्यक बाहेक अन्य कुनै पनि क्षेत्र खुल्ला नगर्न निर्देशन जारी गरेको छ। तरकारी, खाद्यन्न, फलफूल, दुध लगायतका वस्तु खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ५ देखि ९ बजेसम्म र बैंक तथा वित्तीय संस्था बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेका छन् । यस्ले गर्दा यो समयमा जिल्लाका बजार क्षेत्रमा भिडभाड हुने गरेको छ । जिल्लामा दैनिक संक्रमित र मृत्यु हुनेको संख्य बढ्दै गएकाले स्वास्थ्य क्षेत्र बाहेक अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द गराउनुपर्ने दमौलीका व्यवसायीहरुले बताउने गरेका छन् ।

व्यास-२ गणेशमानचोकका व्यवसायी पविन्द्र भट्टराइले केही व्यवसायलाई समय तोकेर खुल्ला गर्न दिंदा भिडभाड बढेको र यसले कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताए । उनले भने, ‘की सबै क्षेत्र खुल्ला गर्न दिनुपर्‍यो होइन भने स्वास्थ्य संस्था बाहेक अन्य सम्पूर्ण क्षेत्र केही दिन पूर्णरुपमा बन्द गराउनुपर्छ ।’

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सबै क्षेत्र खुलाउनु दिनुपर्ने व्यास-२ कै व्यापारी बाबुराम न्यौपाने बताउँछन् । उनले भने, ‘कि सबै क्षेत्र पूर्ण रुपमा बन्द गराउनु पर्‍यो, होइन भने सबै बन्द गर्नुपर्छ । केही क्षेत्रलाई खुल्ला गर्दा भिडभाड बढ्यो, नागरिक स्तरबाट समते लापरवाही हुन थाल्यो ।’

विशेष गरी सदरमुकाम दमौली बजार क्षेत्रमा यो समयमा निकै भिडभाड हुने गरेको छ । निश्चित समय तोकिएर तरकरी, खाद्यन्नका पसल खुल्ला हुने र बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्ने भएकाले मानिसहरुको भिडभाड हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा व्यवस्थापनमा खट्टएिपनि नागरिक स्तरबाट लापरवाही बढ्दो छ ।

यस्तै, निषेधाज्ञाको समयाबधि लम्बिदै जाँदा र सार्वजनिक यातायातका साधान सञ्चालन नहुँदा वैदेशीक रोजगारीमा जाने समेत समस्यामा परेको व्यास-१४ कुलुङका लाल बहादुर थापा बताउँछन् । घर विदामा आएपछि निषेधाज्ञा भएपछि आफु रोजगारीमा जान नपाएको र आज जे जसरी हुन्छ भारत जानका लागि सदरमुकाम आइपुगेको उनले बताए । विदामा घर फर्किएकाहरु निषेधाज्ञाका कारण रोजगारीमा जान नसक्दा घरपरिवारमा समस्या आएको हुँदा सुरक्षा सावधानी अपनाएर जाने व्यवस्था मिलाइदिनु पर्ने बताउन थालिएको छ ।

यस्तै, तनहुँका १० वटै स्थानीय पालिकाको बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । व्यास नगरपालिकामा सबै भन्दा बढि संक्रमण देखिएको छ । नगरपालिकाको बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका बासिन्दाको बढ्दो लापरवाहीका कारण संक्रमण बढ्दै गएको व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले बताए । उनले भने, ‘अहिले बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा संक्रमण बढि देखिन थालेको छ । वडावडाको स्वास्थ्य शाखाबाट कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएका व्यक्तिहरुलाई परीक्षणको दायारामा ल्याउन अभियान चलाएका छौ तर, नागरिकहरुकै लापरवाहीका कारण परीक्षणको दायारा बढाउने समेत चुनौती बन्ने गरेको छ ।’

तनहुँमा कोरोनाका १ हजार १८४ सक्रिय संक्रमित, ६४ जनाको मृत्यु

तनहुँमा वैशाख महिना यता ३ हजार ६३२ जनाको पीसीआर र १ हजार ९९ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २ हजार १८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।

संक्रमित मध्ये ९३९ जना निको भएका छन् भने ६४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ९ जनाको एचडियू, ३ जनाको आइसियूमा र ७४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, १ हजार ९९ जना होम आइसोलेशनमा रहेका छन् ।

स्वाथ्य कार्यालयको तथ्याङ्क अनुसार भानुमा १२४, व्यासमा ४१३, शुक्लागण्डकीमा २५४, भिमादमा १६१, म्याग्देमा ८२, घिरिङमा २९, ऋषिङमा २०, देवघाटमा १५, बन्दिपुरमा ५३ र आँवुखैरेनीमा ७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएका व्यक्तिहरु परीक्षणको दायारामा नआउने र उनिहरु घुमफिर, भेटघाटमा समेत सक्रिय हुँदा तनहुँमा कोरोना संक्रमण दर बढ्दै गएको निष्कर्ष निकालिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker