क्यान्सर पीडित सुष्मितालाई आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३ समजुरकी क्यान्सर रोग पीडित मगरलाई आर्थिक सहयोग गरिएको छ । वैदेशीक रोजगारीमा कतार स्थित प्रवासी दाजुभाई दिदीबहिनीहरुको सतिस्वाँरा मिर्लुङ सेवा समाज नामक संस्थाले ४५ हजार रुपैयाँ सहयोग गरेको हो ।

क्यान्सर पीडित बालिका मगरको जीवन रक्षका लागि रकम संकलन अभियान अन्तर्गत संकलन गरिएको रकम टोखा धनेश्वर स्थित विरामी परिवारको निवासमा पुगि उक्त रकम कृष्ण गुरुङ मार्फत बालिकाका आमा बुबालाई हस्तान्तरण गरिएको छ । कतारमा संस्थाका वरिष्ठ उपाध्यक्ष देबिन्द्र बानियाँ, प्रवक्ता रामकृष्ण थापा लगायतले रकम संकलन अभियान सञ्चालन गरेका थिए ।

खर्चको अभावले बालिकाको उपचारमा समस्या आएको हुँदा परिवारले सहयोगको अपिल गरेका छन् । सहयोग गर्न इच्छुक महानुभावहरुले सिर्द्धार्थ बैंकका धनेश्वर शाखामा सुदिप मगरको खाता नम्बर ०१६२०१८५११० रकम जम्मा गर्न सकिने वा मोबाइल नं. ९८१४१८८४८५ मा सम्पर्क गरी सहयोग गर्न सकिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker