ऋषिङको झापुटारले जित्यो डुम्रेको चुड्का प्रतियोगिता
भञ्ज्याङन्यूज/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेमा आईतबार आयोजित चुड्का प्रतियोगिता ऋषिङ गाउँपालिका-१ को झापुटार युवा क्लवले जित्न सफल भएको छ । हरितालिका तीज पर्वका अवसरमा आयोजित चुड्का गीत प्रतियोगितामा बन्दिपुरको कोरिखा युवा क्लव र छपेली क्लब द्धितीय भएका छन् भने मनास्लु बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको कार्यक्रमका प्रचारप्रसार समितिका संयोजक परशुराम अधिकारीले जानकारी गराए ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति संरक्षण र पर््रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ डुम्रे साँस्कृतिक एवं सामाजिक संरक्षण समिति डुम्रे तनहुँले आयोजना गरेको चुड्का नाच प्रतियोगिताको विजेतालाई २५ हजार ५५५ रुपैयाँ, द्धितीय हुने २ समूहलाई दामाशाहीबाट १५ हजार ५५५ र सान्त्वना हुने दुइ टिमलाई ५ हजार ५५५ रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
यस्तै, खुल्ला तीज गित प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार १११, द्धितीय हुने टिमलाई ३५ हजार १११ र सान्त्वना टिमलाई १५ हजार १११ रुपैयाँ पुरस्कार व्यवस्था गरिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।
तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाई, हरिहर महिला समुह, शिवालय आमा समुह, डुम्रे साँस्कृतिक युवा क्लव, क्षेत्रीय होटल संघ डुम्रे बजार इकाईको समेत आयोजक रहेको साँस्कृतिक कार्यक्रममा विभिन्न खाद्य सामाग्री एवं दैनिक उपभोग्य सामान लत्ताकपडा लगायत वस्तुको खरिद बिक्री गर्ने व्यवस्था समेत मिलाइएको छ ।
डुम्रे बजारमा पहिलोपटक बृहत तरिकाले विभिन्न खानाको परिकारहरूको सडक खाना महोत्सव, विभिन्न जात्रा एवं साँस्कृतिक कार्यक्रम, लाइभ कर्न्र्सट गर्न लागिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक अधिकारीले बताए ।