व्यासमा मंसिर २ गतेसम्म विद्यालय खोल्न रोक, कक्षा ११ को परीक्षा भने निर्धारित तालिका अनुसार हुने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामि मंसिर २ गतेसम्म खोल्न रोक लगाएको छ । कोभिड-१९ को प्रभाव बढ्दै गएका कारण विद्यालयमा औपचारिक -प्रत्यक्ष) कक्षा सञ्चालन गर्ने अवस्था नदेखिएकाले नगरपालिकाले उक्त निर्णय गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराएका छन् ।

नगरप्रमुख न्यौपानको अध्यक्षतामा आज बसेको व्यास नगर शिक्षा समितिको बैठकले हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघा, खोकीको प्रकोप देखिएको र विद्यमान मौसमी संक्रमणको कारणले कोभिड-१९ विस्तारित हुन सक्ने विज्ञको राय समेत रहेको हुँदा तीहार पर्वको भाईटीकाको भोलीपल्ट अर्थात मंसिर २ गतेसम्म विद्यालयमा औपचारिक -प्रत्यक्ष) कक्षा सञ्चालन नगराउने निर्णय गरेको छ ।

यस्तै, विद्यालयमा औपचारिक कक्षा सञ्चालन नगरिएता पनि अन्य वैकल्पिक विधि मार्फ मात्र पर्ढाई सञ्चालन गरी सिकाईलाई निरन्तरता दिन अनुरोध गरिएको छ ।

बैठकले विद्यालयमा शिक्षा लिईरहेका विद्यार्थीका अभिभावकहरुले आ-आफ्नो बालबालिकाहरुको स्वास्थ्य संवेदनाशिलतालाई ध्यान दिन र स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अनुरोध गरेको छ ।

व्यास नगरपालिकाद्वारा जारी विज्ञप्ति ।

त्यस्तै, मंसिर ३ गतेदेखि विद्यालयमा नगरपालिकाद्वारा यसअघि जारी निर्देशिका पालना गरेर मात्र प्रत्यक्ष कक्षा सञ्चालन गर्न र कोभिड-१९ को प्रभाव देखिएमा विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय लिन नगरपालिकाले आग्रह गरेको शिक्षा तथा सामाजिक विकास शाखाका कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी गराए ।

बैठकले कक्षा ११ सञ्चालन भएका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरी पूर्व निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गर्न नगरपालिकाले स्वीकृत दिएको पनि कार्यक्रम अधिकृत गोदारले जानकारी गराए ।

नगरप्रमुख न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख, शिक्षा समितिका सदस्यहरु, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं संगठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधि एवं प्रचार्यहरुको उपस्थितिमा कोभिड-१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समिक्षा गरी प्राप्त परामर्शको आधारमा यी निर्णय सम्बन्धित सबैले पालना गर्न अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker