तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो । वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । केही दिनअघि मात्रै व्यास-५ पाटन निवासी ४३ वर्षीय राजकुमार अच्छामीको साउदीमा मृत्यु भएपछि करिब दुइ हप्तामा शव नेपाल ल्याउन सफल भएको छ ।

“मृतकका परिवारले मङ्सिर १ गते सामी कार्यालयमा आएर निवेदन दिएपछि प्रक्रिया अघि बढाएका थियौँ”, उनले भनिन्, “छिट्टै शव झिकाएर आफन्तको जिम्मा लगाउन सफल भएका छौँ ।” उनका अनुसार अच्छामीको मङ्सिर १४ गते परिवारको जिम्मा लगाई जातीय पराम्पराअनुरुप दाहसंकार गरिसकेका छन् ।

गत कात्तिक २१ गते साउदीमा साइकल दुर्घटनामा परी मृत्यु भएको थियो । साउदी अरबबाट छोटो अवधिमा शव नेपाल ल्याउन सफल भएको यो पहिलो घटना हो । सामी कार्यक्रमले विदेश जाने क्रममा ठगिएका कैयौँ व्यक्तिको फसेको रकम पीडितलाई फिर्ता गराउन सफल भएका उनले बताइन् । सामी कार्यक्रमले छोराको शव नेपाल झिकाउन ठूलो सहयोग गरेको मृतककी आमा रेनु अच्छामीले बताइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि मोटो रकम फसेका व्यक्तिलाई कानुनी प्रक्रियाबाट रकम उपलब्ध गराएपछि पीडित परिवार खुशी भएर घर फर्किने गरेका छन् । त्यसैगरी सम्झौताअनुरुप काम गर्न नपाएका, कम्पनीले पासपोर्ट होल्ड गरी राखेका, अलपत्र बनाइएका लगायतका व्यक्तिको उद्धार गरी क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सामीले सहजीकरण गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राहदानी बनाउन आउने युवायुवतीलाई विदेशमा जाँदा अपनाउनुपर्ने र्सतर्कताका बारेमा सचेत गराएर सामीले पठाउने गरेको छ । आर्थिक वर्ष ०७९/८० मा तनहुँमा एक सय ६२ वटा मुद्दा दर्ता भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका, मृत्यु भएका, दुर्घटनामा परी घाइते भएकालगायत घटना ९४ वटा मुद्दा सामीको सक्रियतामा फर्छ्यौट भएका हुन् । परामर्शदाता तिवारीका अनुसार बाँकी ६८ वटा मुद्दा फर्छ्यौटको प्रक्रियामा छन् । गत सामी कै सक्रियतामा जिल्लाका नौजनाको शव नेपाल ल्याइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker