हेफर इन्टरनेशनलद्वारा देवघाट गाउँपालिकाको कोभिड कोषमा १५ लाख सहयोग

आशिक राना/देवघाट

कोभिड-१९ महामारी विरुद्ध लड्नका लागि तनहुँको देवघाट गाउँपालिकाको कोभिड-१९ कोषमा १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ । गाउँपालिकालाई कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले विहीबार उक्त रकम सहयोग गरेको हो । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन वटा संस्थाहरूको सहकार्यमा कोभिड-१९ आपत्कालीन विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले बताए ।

गाउँपालिकालाई आर्थिक सहयोग गर्दै देवघाटका कोभिडबाट प्रभावित जनताहरूका लागि उपचार तथा व्यवस्थापनका लागि भएको हुनाले देवघाट गाउँपालिकाको बैंक खातामा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले उपलब्ध जम्मा गरेको छ । उक्त रकम मार्फत अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई, किट लगायतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरूमा खर्च गर्नुपर्ने कट्टेलले बताएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोविड-१९ कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि थप सहयोग प्रदान होस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरेकोमा हेफर इन्टरनेशनल नेपाललाई देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग वहादुर थापाले खुशी व्यक्त गर्दै धन्यवाद व्याक्त गरे । साथै उनले यो सहयोगले देवघाटवासिलाई कोरोना विरुद्धको लडाइमा ठुलो सहयोग पुग्ने बताए ।

अध्यक्ष थापाले हेफर इन्टरनेशनल नेपालले अतुलनीय कार्य गरेको बताउदैं आगामी दिनहरूमा पनि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्यले कोभिडको राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हातहरू भन्ने नारालाई आत्मसाथ गर्दै कोरोना महामारीको समयमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई दिनहरू कटाउन कठिन भैरहेकोले संस्थाले केही मलमपट्टसिम्म लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगमा अघि बढाएको बताए ।

त्यस्तै देवघाट गाउँपालिका-५ का वडा अध्यक्ष याल वहादुर गुरूङले हेफर इन्टरनेशनल नेपालको सहयोगप्रति अभार प्रकट गर्दै रकम भन्दा पनि संकटमा सहकार्य महत्वपूर्ण भएको बताए । कार्यक्रम चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तारादेबी पन्तको अध्यक्षतामा सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker