व्यास नगरपालिकामा सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पारित

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक, २०७७ उपर छलफल गरी पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्ययक्षतामा मंगलबार बसेको विशेष नगर सभाले उक्त विधेयक पारित गरेको हो ।
सार्वजनिक निजी साझेदारीको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी नगरको वृहत्तर सामाजिक तथा आर्थिक विकास गर्न तथा र्सवसाधारणलाई भरपर्दो, किफायती र र्सवशुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त विधेयक पारित गरिएको नगर प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
यस्तै उक्त बैठकले नगरपालिकाको आर्थिक ऐन २०७७ लाई संशोधन गर्न बनेको प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । बैठकले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासिको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड २०७७ ले गरेको व्यवस्था बमोजिम वडास्तरीय सहजिकरण समिति र राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुने गरी नगर स्तरीय सहजीकरण समिति गठन गरी सो सम्बन्धी कार्य प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।










