नृत्य प्रस्तुत गर्दै छात्रा

तनहुँको घिरिङ गाउँपालिका-५ धेनुङ स्थित श्री कामधेनु माध्यमिक विद्यालयकी एक छात्रा नृत्य प्रस्तुत गर्दै । विद्यालयले आयोजना गरेको सामाजिक लेखा परीक्षण, पुरस्कार वितरण तथा विजया दशमीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तस्विर : भञ्ज्याङ










