घरमै स्वास्थ्य सेवा

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी एक ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा दिंदै धरमपानी स्वास्थ्य केन्द्रकी स्वाथ्यकर्मी । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा असक्तहरुलाई घरघरमै प्राथमिक स्वास्थ्य परीक्षण, सरकारले निःशुल्क उपलब्ध गराउने र नियमित खानुपर्ने औषधी उपलब्ध गराउने लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । तस्विर : भञ्ज्याङ










