एमालेलाई समर्थन गर्दै नेकपा एस तनहुँका सचिव श्रेष्ठले गरे आफ्नो उम्मेदवारी निष्क्रिय
भञ्ज्याङ न्यूज

नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठले जिल्लामा गठबन्धनको भागबन्डा गर्दा पार्टीले एक सीट पनि नपाएपछि असन्तुष्टि जनाउँदै एमालेलाई समर्थन गरेको घोषणा गरेका छन् ।
उनले तनहुँ २ (१) मा गठबन्धन विरुद्ध बागी उम्मेदवारीसमेत दिएका थिए । आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर श्रेष्ठले एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।
उनले प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आहृवान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको प्रस्ट पारेका छन् ।
उनले कम्युनिष्टहरु कांग्रेसको पिछलग्गू भएर हिँड्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन लथालिङ्ग पारेको आरोप लगाउँदै उनले एमालेलाई समर्थन गरेको बताएका छन्।