२०९औं भानु जयन्तीका अवसरमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुइ जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । सहभागीले यही असार २० गतेभित्र कविता पठाइसक्नुपर्ने समितिले जनाएको छ । सहभागीले adikabibhanubhakta1871@gmail.com मा कविता पठाउन सक्नेछन् । छनोटमा परेका कविले असार २८ गते स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्नेछ ।

कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, दुइ सय शब्दमा नबढाइ युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका-४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते र्सार्वजनिक बिदा दिएको छ ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker