जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

जिल्ला खेलकुद विकास समिति तनहुँले शनिबारदेखि दमौलीमा सुरु गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट सहभागि हुन आएका विद्यर्थी खेलाडीहरु ।

जिल्लामा व्यवस्थित खेलकुदका पूर्वाधार अभावमा खेल प्रतियोगिताहरु सहज रुपमा सञ्चालन हुन सकेका छैनन् ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्थित नौ स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । प्रत्येक स्थानीय तहलाई टिम दर्ताका लागि रु २५ हजार शुल्क तोकिएको खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा छात्रछात्रा कराँते, छात्रछात्रा तेक्वान्दो, छात्रछात्रा उसु, छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्रछात्रा एथलेटिक्सका खेल सञ्चालन गरिने भएको छ ।


तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker