बन्दीपुरको छापमा नवौं छपेली कप फुटबल प्रतियोगिता पुस २० गतेबाट

भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर-१ छापमा यही पुस २० गतेबाट नवौं छपेली कप फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा यो प्रतियोगिता सञ्चालन गर्दै आइएको छ ।

‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजित फुटबल प्रतियोगिता दुइ विधामा खेलाईने आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष विजय रानाले बताए ।

उनका अनुसार खुल्ला सेभेन ए साइड नक आउट फुटबल तर्फको विजेता टिमलाई एक लाख २५ हजार १२५ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृति गरिने भएको छ । प्रतियोगिताको उपविजेतालाई ६१ हजार ६१ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तै, सेमिफाइनल पुग्ने दुइ टिमलाई नगद १०/१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष रानाले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनहि नगद २ हजार ५ सय र अनुशासित टिमलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

क्लवले ३० वर्ष उमेर भन्दा माथिकाको भेट्रन्स तर्फपहिलो पुरस्कार भेंडा र दोस्रो पुरस्कार बोका प्रदान गर्ने भएको छ । छाप खेल मैदानमा आगामी माघ १ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि पौष १९ गते सम्म टिम दर्ता गर्न सकिने बताईएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ छापमा रहेको छपेली साँस्कृतिक युवा क्लबले प्रत्येक वर्ष माघे संक्रान्ती पर्व तथा मगर दिवशलाई लक्षित गरी खेलकूद प्रतियोगिता गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker