चौथो ऋषिङ अल्ट्रा म्याराथनको उपाधी आर्मीका श्रेष्ठले चुमे

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालीकाले शनिबार सम्पन्न गरेको चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जित्न सफल भएका छन् ।

४२ दशमलव २ किलोमिटर दुरी २ घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गर्दै श्रेष्ठले उपाधी चुम्न सफल भएका हुन् ।

यस्तै, उक्त दुरी २ घण्टा ५९ मिनेट ३६ सेकेण्डमा पार गर्दै मार्मी क्लवकै राजेन मेयोङवा द्वितीय भएका छन् भने आर्मीकै जुनेश खड्काले २ घण्टा ५९ मिनेत ५९ सेकेण्डमा उक्त दुरी पार गर्दै तृत्तीय हुन सफल भएका छन् ।

गाउँपालिकाको विकाससंगै खेलकुदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले अल्ट्रा म्याराथन प्रतियोगिता गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

ऋषिङ गाउँपालिकाको प्रवेशद्वार वडा नं. ८ को धारुङदेखि वडा नं. ३ को दुबुङ भ्युटावरसम्म गरिएको प्रतियोगिताको प्रथमलाई नगद ६५ हजार, द्वितीयलाई नगद ४० हजार, तृतीयलाई नगद २५ हजार र सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै, प्रतियोगितामा सहभागि हुने स्थानीय धावकहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले अन्तिम विन्दुसम्म पुग्ने प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker