१ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ गरिने

भानु : तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीमा धर्म, संस्कृति र खेलकुदको संयुक्त उत्सवका रूपमा १ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ आयोजना गरिएको छ ।

चन्द्रावती खेलमैदानमा यही माघ २७ गतेदेखि फागुन ०४ गतेसम्म श्री चन्द्रावती युवा क्लबले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगितामा अन्तर क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगिताका विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारका साटमा कप, मेडल, प्रमाणपत्रद्वार पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकलाई पनि कप, मेडल, प्रमाणपत्रसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमका लागि टिम दर्ता शुल्क रु. ५ हजार तोकिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति माघ २५ गते रहेको छ ।

फुटबल प्रतियोगितासँगै महाशिवरात्रिको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति, व्यापारिक स्टल, खुला छेलो प्रतियोगिता, अन्तर क्लव/समुह स्थानीय महिला/पुरुष डोरी तान्ने प्रतियोगिता, बाँस भाले प्रतिस्पधा, खेल्ला मेच घुमाई प्रतियोगिता, घैंटो फुटाउने प्रतिस्पर्धा लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको छ ।

स्थानीय तहमा खेलकुद विकास, युवालाई खेलतर्फ आकर्षित गर्नुका साथै धार्मिक र सांस्कृतिक पर्यटन प्रवरद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker