म्याग्देका किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण

तनहुँको म्याग्दे गाउँपालिकाले शत्प्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।

गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।

डा शाहले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए । उनले भने, “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुइ किलोसम्म हुन्छ ।” गाउँपालिकाले संघीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक किसानलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए। उनले भने, “पालिकाले व्यावसायिक रूपमा काम गरिरहेका सबै किसानलाई अनुदानको नीति ल्याएको छ, सोही बमोजिम किसानलाई पनि शत्प्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ ।”

श्रेष्ठले यो कार्यक्रमले व्यवसाय गरिरहेकालाई प्रोत्साहन हुने भन्दै नयाँलाई आकर्षा थप्ने विश्वास लिइएको उल्लेख गरे। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचना मागअनुसार विवरण संकलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्दे-४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रूपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए । उनले भने, “हामी लामो समयदेखि माछापालनमा आबद्ध छौं । व्यवसायलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएकाले हामीलाई सहज भएको छ ।”

म्याग्दे-४ का भिमकुमारी रानालाई एक हजार आठ सय, कायस्थलाई पाँच हजार चार सय, टोपप्रसाद थापालाई एक हजार दुइ सय, वडा नं १ का पूर्णिमा थापालाई दुइ हजार चार सय, जगतबहादुर थापालाई दुइ हजार चार सय, सन्तमान बोटेलाई एक हजार आठ सय, वडा नं ३ का बोलबहादुर आलेलाई तीन हजार, टुपबहादुर थापालाई तीन हजार, धनबहादुर थापालाई एक हजार दुइ सय, वसुन्धरा बर्राई मगरलाई दुइ हजार चार सय, वसन्ती सारु मगरलाई एक हजार दुइ सय, भरतबहादुर उच्चै मगरलाई छ सय, नविन बर्राईलाई एक हजार आठ सय, बालचन्द्र शाहीलाई छ सय, वडा नं २ का लक्ष्मण थापालाई छ सय, विष्णुबहादुर नेपालीलाई एक हजार दुइ सय, बेलबहादुर अधिकारीलाई एक हजार आठ सय माछाको भुरा वितरण गरिएको छ ।

वडा नं ५ का तालबहादुर आलेलाई तीन हजार छ सय, जगत थापालाई एक हजार आठ सय, मीनाकुमारी थापालाई पाँच हजार चार सय, बलिसिरा रानालाई छ सय, वडा नं ६ का श्रीबहादुर रानालाई छ हजार, शेरबहादुर गुरुङलाई तीन सय, वडा नं ७ का धु्रवराज वाग्लेलाई छ सय, ओमराज गोतामेलाई छ सय, अच्युतराज काफ्लेलाई एक हजार दुइ सय, रमादेवी पौडेललाई एक हजार आठ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker