तनहुँको म्याग्दे-१ गुणादीमा गुडिया तालिम सञ्चालन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत म्याग्दे गाउँपालिकाले मंगलबारदेखि गुडिया तथा सजावटका सामान बनाउने तालिम सञ्चालन गरेको छ । म्याग्दे-१ गुणादीमा सञ्चालित तालिमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले सिकेको सिपलाई व्यवहारमा परिवर्तन गर्न आग्रह गरिन । गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले उद्यमि व्यवसायिलाई उद्योग व्यवसायको आधारमा सहयोग गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारिले गाउँपालिकाले उद्यमिलाई सीप दिएपछि त्यसलाई व्यवहारमा लागू गरेमात्र सिपको उपयोग हुने बताए ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष शिवशरण वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा लेखाअधिकृत नवराज पोखरेल, अधिकृत प्रदिप न्यौपाने, उद्यमि थममाया विक लगायतले तालिमहरू लक्षित समुदायका लागि प्रभावकारि भएको बताए । १० दिनसम्म संचालन हुने तालिममा १८ जना प्रशिक्षार्थी सहभागि भएका छन् ।
त्यस्तै, कृषि तथा पशुपालन सम्वन्धि तालिम मंगलवारै समापन गरिएको छ । उक्त तालिम लिएका १५ जनालाई गाउँपालिका अध्यक्ष मायादेवि राना आले, उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष शिवशरण वाग्लेले प्रमाणपत्र वितरण गरेका थिए । पशु तथा कृषि व्यवसायवाट राम्रो आम्दानी गर्न सकिने भएकाले यस व्यवसायमा लाग्न कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष रानाले उद्यमिलाई आग्रह गरेकी थिइन् ।