भानुमा दिगो विकास लक्ष्य सम्बन्धी अन्तरक्रिया

तनहुँको भानु नगरपालिकामा दिगो विकास लक्ष्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार काठमाडौंको आयोजना र भानु नगरपालिकाको सहकार्यमा विहीबार र शुक्रबार सञ्चालन हुने कार्यक्रममा विशेषतः दिगो विकासका १७ वटा विश्वव्यापी विकासका लक्ष्यहरु मध्ये गुणस्तरीय शिक्षाको प्राप्तिका लागि स्थानीय तहमा भए गरेका प्रयासहरु तथा यसको प्रगति समीक्षा तथा विभिन्न सरोकारवालाहरु बीच अनुभव आदानप्रदान गर्ने गरिने भएको छ।

सन् २०१६ देखि २०३० सम्म पुरा गर्ने लक्ष्य राखिएको दिगो विकासका १७ वटा लक्ष्य र १६९ वटा टारगेट मध्ये गुणस्तरीय शिक्षा सम्बन्धी १० वटा गन्तव्य र ४३ वटा सूचकहरु रहेका छन् ।

कार्यक्रममा संघीय तहको कार्यक्रमका बारेमा युनेस्को सचिवालयका उपसचिव पदमराज जोशीले, जिल्लास्तरीय कार्यक्रमको प्रगतिका वारेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले, स्थानीय तहमा भए गरेका क्रियाकलापका बारेमा भानुका नगर शिक्षा अधिकारी उपसचिव ध्रुवराज पौडेलले र विद्यालय तहका गतिविधिका बारेमा सहभागी विभिन्न ६ वटा विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुतीकरण गर्नेछन् ।

सबै प्रस्तुतीमा गुणस्तरीय शिक्षाका लागि हामीले गरेका प्रयासहरु के कस्ता छन् ? ती प्रयासहरुले उक्त लक्ष्य पुरा गर्न कति हदसम्म सहयोग पु¥याइरहेका छन् ? हाम्रो गन्तव्य सहि छ कि छैन ? निर्धारित लक्ष्य तथा सूचक अनुसारको हाम्रो अहिलेको मध्यावधि चरणमा प्रगतिको अवस्था कस्तो छ र आगामी दिनमा के गर्नुपर्ला भन्ने विषयमा छलफल र विचार विमर्श गरिने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले दिगो विकासको लक्ष्यहरु मध्ये गुणस्तरीय शिक्षाको मूल्याङ्कन, लेखाजोखा र रिपोर्टिङ् गर्ने जिम्मेवारी युनेस्कोलाई दिएको छ । दिविल अन्तर्गत सन् २०१६ को वेसलाइन सर्वेक्षणका आधारमा तत्कालिन अवस्थाको पहिचान र लेखाजोखा गरिएको छ भने त्यसपछि आवधिक रुपमा लक्ष्य प्राप्तिको लक्ष्य निर्धारण गरिएको छ । सन् २०१६ पछि सन् २०१९, २०२२, २०२५ र २०३० सम्म पुरा गरिने लक्ष्यहरुलाई समयवद्ध रुपमा किटान गरिएको छ।

जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षकका पेशागत संगठनका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षकm युनेस्को आवद्ध क्लबका प्रतिनिधिहरु सहभागिता रहेको कार्यक्रममा पहिलो दिन युनेस्को प्रतिनिधि पदमराज जोशीले युनेस्कोको संस्थागत परिचय तथा दिगो विकासका लक्ष्यहरु सम्बन्धमा प्रारम्भिक प्रस्तुति राखेको थिए ।

कार्यक्रममा विभिन्न ३ वटा विद्यालय श्री सरस्वती मन्दिर मावि भानु १२ घलेछाप, श्री चोक मावि भानु १० रामपुरटार र श्री मनोहर मावि भानु ८ महन्तेहटियाको प्रस्तुतीकरण रहेको थियो ।

यस्तै, समग्र तनहुँ जिल्लाको शैक्षिक प्रयासहरुका बारेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले सहजिकरण गरेका थिए ।

कार्यक्रमको दोश्रो दिन आज शुक्रबार विद्यालयको प्रस्तुतीकरणका अतिरिक्त गुणस्तरीय शिक्षा प्राप्तिका लागि भानु नगरपालिकाले गरेका प्रयासहरुका बारेमा प्रस्तुतीकरण गरिने भएको छ । युनेस्कोको तर्फबाट चालिएका कदमहरु र दिगो विकासका लक्ष्यको राष्ट्रिय कार्यढाँचाका विषयमा पनि प्रस्तुतीकरण हुने बताइएको छ ।

भानुका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलको अध्यक्षता आयोजित कार्यक्रमको भानुका उपप्रमुख उमा गोतामेले शुभारम्भ गरेकी थिइन् भने शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले सहजिकरण गरेकी थिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker