म्याग्देको रु ६७ करोड ४९ लाखको बजेट पारित

तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाको १६औं अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सभामा पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले चालु तर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ २२ करोड ६५ लाख बजेट प्रस्तुत गरेका थिए ।
जसमा वित्तिय समानीरण अनुदानमावाट ९ करोड ४८ लाख, शशर्त अनुदान चालु रकमवाट १६ करोड १५ लाख ४९ हजार, शशर्त अनुदान पुँजीगत तर्फ ४० लाख, राजश्व वाँडफाँड रकमबाट ८ करोड ८४ लाख, विशेष अनुदान पुँजीगत रकमवाट १ करोड ३५ लाख, समपुरक अनुदान रकम पुँजीगत तर्फ संघीय सरकारबाट १ करोड २० लाख रुपैयाँ आउने प्रक्षेपण गरेको छ ।
यसैगरि आय तर्फ प्रदेश सरकारबाट वित्तीय समानिकरण रकम तर्फ १ करोड २० लाख ९२ हजार, राजश्व वाँडफाँड रकममा ६५ लाख ९० हजार, समपुरक अनुदान रकम ६० लाख, विशेष अनुदान रकम ४० लाख, समाजिक सुरक्षा अनुमानवाट १३ करोड ५० लाख रहेको छ ।
लागत साझेदारीमा नागरिकबाट जम्मा हुने जनसहभागिता र पूर्वाधार निर्माण तर्फ १ करोड ६० लाख, गैससबाट परिचालन हुने रकम १० लाख, राष्ट्रपति शैक्षिक सुधारबाट ९० लाख, सडकवोर्डको आय वाट २३ लाख, १५ शैयाको अस्पताल अख्तियारी आने अनुमान रकम ५० लाख, शुक्लाबाट पुलको लागि आउने रकम २० लाख र लिलाम बिक्री तथा अन्य आम्दानीबाट ३ करोड ५० लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाको विषयगत व्यय क्षेत्र तर्फ आर्थिक विकासमा ७.७३ प्रतिशत, समाजिक विकासमा ५३.३० प्रतिशत, पुर्वाधार विकासमा २३.१५ प्रतिशत, वातावरण र विपद् व्यवस्थापनमा ०.७९ प्रतिशत, शुसासन तथा संस्थागत विकासमा १५.०३ प्रतिशत वजेट विनियोजन भएको छ । गाउँसभाको १६औ अधिवेशनले ७० बुँदे नीति योजना तथा कार्यक्रम स्वीकृत गरेको छ ।










