नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले बेसहारालाई दियो जिऊने सहारा

दमौली : श्रीमानको असामयिक निधनपछि आर्थिक र मानसिक संकटमा परेकी व्यास नगरपालिका–१० डिहिगाउँकी जमुना भण्डारी पण्डितको जीवनमा अब आशाको नयाँ किरण झिलिमिली भएको छ । व्यास नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले उनी पुनः आत्मनिर्भर बन्ने दिशामा अघि बढेकी छन्।

३३ वर्षीय विशाल पण्डितको फागुन १० गते निधन भएपछि, २८ वर्षीया जमुना १६ दिनकी सुत्केरी अवस्थामा घरमा खाने अन्न र लत्ताकपडाको अभावसँग संघर्ष गर्दै थिइन् । यस्तै विपत्तिका बीच व्यास नगरपालिकाले उनलाई आर्थिक तथा सामाजिक पुनस्र्थापनाको हात बढाएको हो ।

आयआर्जनका लागि गाई र गोठ

नगरपालिकाको पहलमा जीवन निर्वाहका लागि आवश्यक सहयोग जुटाइएको छ । स्थानीय युवा अगुवा बलबहादुर शाहीसँग सहकार्य गरेर ४० हजार रुपैयाँमा गोठ निर्माण गरिएको छ भने ४५ हजार रुपैयाँको जर्सी गाई खरिद गरिएको छ । यस गाईबाट प्राप्त हुने दूध बिक्री गरी जमुनाले दैनिक आम्दानी गर्न सक्ने भएकी छन् ।

जमुना भन्छिन्, “म जीवनप्रति हार मानेकी थिएँ, तर नगरपालिकाको सहयोगले नयाँ बाँच्ने शक्ति मिल्यो। नगर प्रमुख बैकुण्ठ न्यौपाने सर पटक–पटक आउनुहुन्थ्यो, उहाँको सान्त्वनाले नै बाँच्ने हिम्मत मिल्यो ।”

बालबालिकाको शिक्षा सुनिश्चित

जमुनाका छोराछोरीमध्ये आरस र एलिस समता विद्यालयमा निःशुल्क पढ्दै छन् भने तीन वर्षीया छोरी अक्सु सतिष अंग्रेजी माध्यमिक विद्यालयमा निःशुल्क अध्ययनरत छिन् । आठ महिनाकी आहाना भने आमाको प्रत्यक्ष हेरचाहमा छिन् ।

सामुदायिक सहयोग

डिहिकुना टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले करिब ६० हजार रुपैयाँ मूल्य बराबरको जर्सी गाई प्रदान गरेका छन्। उनले भने, “पैसाले मात्र जीवन चल्दैन । यस्तो सहयोगले आत्मनिर्भरता र पुन्य दुबै जोडिन्छ ।”

व्यास नगरपालिकाको पहलसँगै विभिन्न मनकारी व्यक्तिहरूबाट करिब तीन लाख रुपैयाँ सहयोग संकलन भएको छ । अनन्त व्यास आमा समूहकी अध्यक्ष सिता पहाडीका अनुसार करिब एक लाख रुपैयाँ जमुनाले ऋण तिर्न प्रयोग गरेकी छन् भने बाँकी रकम स्थानीय सहकारीमा सुरक्षित गरिएको छ ।

्सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, वडा अध्यक्ष खेमराज पोख्रेल, वडा सदस्यहरू ईश्वर पौडेल र वासना कुँवर, स्थानीय अगुवा सिता ओझा, रानीपानी वन उपभोक्ता समूहका अध्यक्ष प्रेमराज मिश्र र अनन्त योग केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीको उपस्थिति थियो ।

 

सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख न्यौपानेले भने, “भविष्यका सक्षम जनशक्ति आजका बालबालिका हुन्। तिनको शिक्षा र जीवन निर्वाहमा समस्या नहोस् भनेर समता विद्यालय स्थापना गरिएको हो। वेसहारा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले निरन्तर पहल गरिरहेको छ । स्थानीय सरकारको दायित्व नै हो— वासिन्दाको आवश्यकता सम्बोधन गर्नु ।”

फागुन १० पछि जमुना आफ्नी ७५ वर्षीया सासु सरस्वतीसँग बस्दै आएकी छन् । नगरपालिकाको सहयोगले अहिले उनका साना बालबालिकाको जीवनयापन र शिक्षाको सुनिश्चितता भएको छ । स्थानीय सरकारको सहृदयता र सामुदायिक एकताले कुनै पनि कठिन जीवनमा फेरि आशाको उज्यालो फुकाउन सक्ने यस कार्यले प्रष्टाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker