एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

दमौली : गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो । विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटक–पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रू २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा दश किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरू हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहँुदा स्थानीयवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् । स्थानीय एवं दुलेगौडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउनुभयो ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker