भ्रष्टाचारमा तनहुँ प्रदेशकै दोस्रो, व्यासको सबै भन्दा धेरै भ्रष्टाचारजन्य उजुरी

सविन लामिछाने/तनहुँ

भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ गण्डकी प्रदेशमा दोस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखरामा परेका उजुरीका आधारमा गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने दोस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।

जिल्लाबाट गत आर्थिक वर्षमा ५८ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगको प्रमुख पार्वती शर्माले जानकारी दिईन् । उनको अनुसार चालु आर्थिक वर्षमा पनि १८ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परिसकेको छ ।

भ्रष्टाचारका उजुरीमध्ये आर्थिक वर्षमा मात्र ४ उजुरी फछ्र्यौट भइसकेका छन् भने गएको आर्थिक वर्षको ५८ र यस आर्थिक वर्षका १४ उजुरी गरी कुल ७२ उजुरीको अनुसन्धान भइरहेको उनले बताईन् । जिल्लाका ८ स्थानीय तहमा मात्रै ७२ भ्रष्टाचारजन्य उजुरी परेका छन् । जसमा सबै भन्दा धेरै व्यास नगरपालिकाको रहेका छन् ।

व्यास नगरपालिकाको २४, भानु नगरपालिकाको १३, शुक्लागण्डकी नगरपालिकाको १२, ऋषिङ गाउँपालिकाको ८ देवघाट गाउँपालिकाको ६, बन्दिपुर गाउँपालिकाको ५, भिमाद नगरपालिकाको ३ र घिरिङ गाउँपालिकाको १ भ्रष्टाचारजन्य उजुरी परेको छ ।

स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो-तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।

त्यस्तै भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भरपाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसंग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ ।

शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखन लगायतका उजुरी आयोगमा परेका छन् । आर्थिक वर्ष ७८/७९ मा अख्तियार दुरुपयोग आयोगबाट जिल्ला प्रशासन कार्यालय तनहुँमा १८ वटा उजुरी प्राप्त भएको छ ।

जसमा नदीजन्य पदार्थको उत्खनन्मा चार, सार्वजनिक जग्गा अतिक्रमणमा दुइ, आर्थिक अनियमितामा नौ, र्सार्वजनिक सम्पत्ति दुरुपयोगमा १, दोहोरो नागरिकतामा १ र नियम विपरित करमा १ गरी कुल १८ उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार प्राप्त उजुरी मध्ये ९ उजुरीको फछ्र्यौट भएको र बाँकीको अनुसन्धान भईरहेको छ । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो स्थानमा छन् । तनहुँ पछि क्रमशः पर्वत, स्याङजा, बागलुङ, गोरखा, म्याग्दी, लमजुङ, मनाङ र मुस्ताङ रहेका छन् । नवलपरासीको भने शुन्य रहेको आयोगले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker