तनहुँको भानुका बाढीपहिरो पीडितको अवस्था बुझ्न खट्टएि पूर्वमन्त्री भण्डारी

भञ्ज्याङ न्यूज

आफन्तलाई गुमाउनुको पीडा सबैलाई असहृय हुन्छ । तनहुँको भानु नगरपालिका-११ सुन्दरवस्तीकी ५८ वर्षीया सुकमाया गुरुङलाई अविरल वर्षा आँसुमा परिणत भएको छ । जेठ गते अविरल वर्षासँगै आएको बाढीले श्रीमान् ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई ढाँड खोलाले बगाएर बेपत्ता बनाएपछि सुकमायाको आँशु थामिएका छैनन् ।

बाढी पीडितको अवस्था बुझ्नका लागि आज आइतबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी सुन्दरवस्ती पुगेका थिए । उनले पीडामा परेका परिवारलाई सानत्वना दिंदै भने, ‘दुःखमा नआत्तिन र मन दह्रो बनाएर सहनुको विकल्प छैन आवास र गासको व्यवस्था हामी गर्र्छौ ।’

पीडामा परेकी सुकमायाको आर्थिक अवस्था कमजोर भएको र ओइलानी जग्गामा झुप्रो बनाएर बस्नु पर्ने बाध्यता र दैनिक ज्यालादारी काम गरेर परिवार पाल्ने श्रीमान नै बेपत्ता भएकाले पूर्वमन्त्री भण्डारीले व्यक्तिगत रुपमा २० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् ।

यस्तै, अविरल वर्षा र चट्याङ परेर घर भत्किएर पीडित बनेको सोही स्थानका अर्जुनबहादुर कुँवरको परिवारलाई पनि भेट गरी राहत तथा पुनःस्थापनाको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्ूवमन्त्री भण्डारीले उक्त क्षेत्रका बाढी पहिरो पीडितहरुलाई भेटेर राहत तथा तत्काल पुनःस्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

पहिरोले जोखिममा परेका विभिन्न विद्यालयको अवस्थाका विषयमा जानकारी लिंदै भण्डारीले विद्यार्थीको सिकाईलाई प्रभावित नपर्ने गरी सुरक्षित रुपमा पठनपाठन गराउने व्यवस्था मिलाउने बताएका छन् ।

भानु नगरपालिलकाका प्रमुख आनन्दराज त्रिपाठी र निर्वतमान प्रमुख उदयराज गौली, उपप्रमुख उमा गोतामे लगायतको टोली पनि बाढीपहिरो पीडितको अवस्था बुझ्नका लागि खट्टएिका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker