निर्माणाधिन मोटर मार्गको अनुगमन

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ मोटर मार्ग अन्तर्गत दुलेगौंडा–लिलाचोक खण्डको निर्माणाधिन सडकको अनुगमन गर्दै शुक्लागण्डी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित सहित प्राविधि टोली । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको हालसम्मकै ठुलो योजना हो । यो सडक खण्डको निर्माणको जिम्मा बानियाँ निर्माण सेवा, हेटौंडाले २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँ ठेक्का सम्झौता गरी लिइएको छ ।

दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्मको ७.१ किलोमिटर लम्बाईको कालोपत्र गरिने भएको छ । सडकको चौडाइ दश मिटरको रहनेछ भने यहाँ ५.५ मिटर कालोपत्रे, कालोपत्रको दुवै छेउमा एक÷एक मिटरको नाला निर्माण गरिने भएको छ । तस्विर : भञ्ज्याङ










