निजामती कर्मचारी संगठन तनहुँको ११औं अधिवेशन : ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति
भञ्ज्याङ न्यूज

निजामती कर्मचारी संगठन तनहुँले ११औ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । संगठनको शुक्रबार दमौलीमा सम्पन्न अधिवेशनबाट रुद्रसिं ठकुरीको अध्यक्षतामा नयाँ कार्यमिति र्सवसम्मत चयन गरेको छ ।
अधिवेशनबाट संगठनको उपाध्यक्षमा श्रीकान्त न्यौपाने, सचिव भगवान त्रिपाठी, कोषाध्यक्षमा रमाकान्त खनाल (विजय), सहसचिवमा प्रितम थापा चयन भएका छन् भने महिला उपाध्यक्ष खाली राखिएको छ ।
यस्तै, भोजहरि रानाभाट, भेष बहादुर जि.टी., सोमकान्त पौडेल, राजेन्द्र सोती, पुष्पहरि रानाभाट, अनिल त्रिपाठी, तिलक रानाभाट, मन प्रसाद नेपाली, धन कुमार तामाङ, उमेश भगत, अन्जु बसौला, भावना ढकाल, महादेव बराल चयन भएका छन् ।

संगठनको केन्द्रीय प्रतिनिधि खुल्लातर्फ विजय कुमार श्रेष्ठ, सुभाष शर्मा पौडेल, महिलातर्फपार्वती पौडेल, सहकारीतर्फ पुष्प खनाल र सिविएतर्फ कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।










