नेपाल चिकित्सक संघ तनहुँ शाखाद्वारा सरकारलाई ध्यानाकर्षण

दमौली : नेपाल चिकित्सक संघ, तनहुँ शाखाले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र चिकित्सकहरूमाथि भइरहेको चुनौतीहरूको विषयमा ध्यानाकर्षण गराउँदै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले बुधबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको संघका महासचिव डा. दिनेश शर्माले जानकारी दिए ।
उनका अनुसार एमबिबिएस/पिजी अध्ययनका लागि विद्यार्थीहरूले झेल्नुपरेका कठिनाइ र यसले समग्र स्वास्थ्य क्षेत्रमा पार्ने असरलाई गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।
पिजीमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अफिसर सरहको तलबभत्ता हुनपर्ने माग ज्ञापनपत्रमा रहेको छ । साथै, चिकित्सा शिक्षा, अनुसन्धान, तथा जनस्वास्थ्य प्रबर्द्धनका क्षेत्रमा सुधारका उपायहरूको कार्यान्वयन गराउन जोड दिइएको नेपाल चिकित्सक संघ तनहुँ शाखाका अध्यक्ष डा. रामकुमार श्रेष्ठले बताए ।
उनका अनुसार चिकित्सा क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सामना गरिरहेका समस्या, चिकित्सकको आत्मसम्मानमा आँच पु¥याउने घटनाहरू, तथा सरकारी नीति र व्यवस्थापनमा सुधारका लागि कदम चाल्न माग गरेको छ ।
ज्ञापन पत्रमा नेपाल सरकारका विभिन्न निकायहरूसँग तत्काल सुधारात्मक कदम चाल्न अनुरोध गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सम्बन्धित निकायलाई पत्र पठाउने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker