थानीमाईमा पूजाअर्चना

तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा मंगलबार बत्तिबालेर पूजाअर्चना गर्दै भक्तजनहरु। कात्तिक महिनाको दोश्रो मंगलबार ३४ वटा फूलका डोली चढाउन ल्याइएको थियो भने करिब तीन हजार जना भक्तजन मन्दिरमा आएका थिए । सोमबार राती जाग्राम बसेर २०७ जनाले बत्ती बालेको मंदिर व्यवस्थापन समितिले जनाएको छ । तस्विर : भञ्ज्याङ










