म्याग्देमा स्कुल बस सञ्चालन

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको बसको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । गाउँपालिकाको ४० प्रतिशत अनुदानमा विद्यालयले बस खरिद गरी सञ्चालनमा ल्याएको हो । बस खरिदका लागि विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट रकम संकलन गरेको प्रधानाध्यापक सोमबहादुर थापाले बताए । तस्विर : भञ्ज्याङ










