भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा

काठमाडौं । साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ ।

होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको रङ प्रयोग हुने गरेको पाइन्छ ।

सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो ।

भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको दृखिन्छ । भारतबाट उक्त अवधिमा १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको देखिन्छ । यसरी आयात भएको रङको अधिकांश परिमाण होलीमा खपत हुने गरेको छ । त्यसबाहेक दसैं, तिहार अन्य चाडपर्वमा पनि खपत हुने गर्छ ।

नेपालमा भारतपछि उत्तरी छिमेकी चीनबाट धेरै रङ आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चीनबाट पछिल्लो सात महिनामा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ ।

त्यसैगरी अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स (यूएई), फ्रान्स, मेक्सिको, जर्मनी लगायत देशबाट पनि नेपालमा रङ आयात हुने गरेको पाइन्छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker