म्याग्देका इन्द्रको तीन करोडको लगानिमा कालिज फर्म

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-३ वरभञ्ज्याङ खर्कमा तीन करोड रुपैयाँको लगानि गरी कालिज फर्म सञ्चालनमा ल्याइएको छ । गण्डकी कृषि फर्मका इन्द्र प्रसाद तिवारीले २२ रोपनी जग्गामा कालिज र्फम संचालन गरेका हुन् ।

१५ महिना अगाडीवाट शुरु गरिएको कालिज फर्ममा २ हजार ५०० वटा कालिज पालन गरिएको छ । गाउँमा नै कृषि र उत्पादनमा लागौ भनेर कालिज पाल्न शुरु गरेको सञ्चालक तिवारीले बताए । ‘केही समय पछि तरकारी खेती गर्ने योजना बनाएको छु’, उनले भने, ‘कालिजको अण्डालाई हृयाचरी गरी कालिज उत्पादन गरिएको छ ।

उत्पादन भएको अण्डाबाट यहि बच्चा उत्पादन गर्ने गरेको बताउँदै उनले भने, ‘हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा ६ महिना पर्खन पर्दछ, त्यसपछि मात्र यसले उत्पादन दिन्छ ।’

कालिजलाई दाना र स्थानीय घाँस खुवाउँदै आइएको हुँदा कालिज अर्गानिक र स्वादिलो हुने गरेको उनि बताउँछन् । प्रति कालिज २ हजार ५ सय रुपैयाँमा भाले कालिज र १ हजार ८ सय रुपैयाँमा पोथी कालिज विक्री गर्दै आएका तिवारीले वताए ।

अण्डाको प्रति क्रेट ९ सयमा विक्री गर्ने गरिएको छ । ‘दैनिक ४ हजार रुपैयाँ बराबरको दानामा खर्च हुने गरेको छ’, उनले भने, ‘फर्ममा दैनिक १ हजार ५०० वटासम्म अण्डा उत्पादन हुन्छ ।’

कृषकलाई अनुदानका क्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले सो गण्डकी कृषि फर्मको अनुगमन गरेका थिए । गरेमा सबै थोक हुन्छ, यसका लागि गर्ने आत्माविश्वास र हिम्मत चाहिन्छ बताउँदै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, ‘कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिका सदैभ तत्पर रहेको छ ।’

२२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्ममा अण्डा र कालिज खरिदका लागि फर्ममानै पुग्ने गर्दछन् । ठुलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढि लगानी गर्ने योजना बनाएका तिवारीले अव कृषि फर्म पनि शुरु गर्ने र सम्वन्धित निकायले व्यवसायिक रुपमा कृषि र व्यवसायिक र्फमका लागि उचित अनुदान र व्यवस्थापन गरिदिए सहज हुने बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker