आजबाट तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव–२०८१ शुरु

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आजबाट चौथो डुम्रे महोत्सव सञ्चालन हुँदै छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले आयोजना गरेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए ।
आगामि चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्ने कार्यक्रम तय भएको प्रवक्ता अधिकारीले बताए ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने नारा सहित आयोजित महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा सञ्चालन गरिने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने डुम्रे बजार इकाईका अध्यक्ष एवं महोत्सव संयोजक हेमलाल भिकेले बताए ।
उक्त महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशिलता बढाउने आयोजकले जनाएको छ ।
महोत्सव सफल बनाउनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको दिएको आयोजकले आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार, सुरक्षा र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको छ । व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि सबै समिति लागि परेको प्रवक्ता अधिकारीले बताए ।
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू पाइने भएको छ । दुधका परिकार र ताजा तरकारी राख्ने गरी कृषकहरूलाई आयोजकले १३ वटा स्टल निशुल्क उपलब्ध गराउने भएको छ ।
याम्पा दूध र तरकारीको हब हो, त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउने गरी व्यवस्थापन मिलाइएको स्थल समिति संयोजक राम जोशीले जानकारी गराए । उनका अनुसार महोत्सवस्थलमा १५७ वटा स्टल निर्माण गरिएकोमा कृषि लाई १३, घरेलु उद्यमलाई ४ र बाख्रा प्रदर्शनीका लागि २ वटा गरी १९ वटा स्टल निःशुल्क उपलब्ध गराउने भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker