अभिभावकको परिचयपत्र बनाएर सत्यवतीले निर्वाचन गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदको लागि कातिक १० गते गर्न लागिको निर्वाचन अन्तिम समयमा आएर स्थगित गरिएको छ । व्यास नगरपालिकाले यसअघि अवधि पुगेका सबै सामुदायीक विद्यालयको व्यवस्थापन समिति भंग गरेर नयाँ समिति गठनको आहृवान गरेपनि सत्यवतीमा भने व्यवस्थापन समिति चयन हुन सकेको छैन । अभिभावकको परिचय पत्र बनाउनुपर्ने भएका कारण देखाउदै कार्तिक १० गते हुने भनिएको अध्यक्ष चयन प्रक्रिया स्थगित गरिएको व्यास नगरपालिकाको शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले बताए । उनले भने ‘आकांक्षीहरु बिच सहमति भए चाडै निर्वाचन हुनसक्छ नभएमा कार्तिक २७ वा मंसिर ४ गते निर्वाचन हुन सक्छ ।’

‘अभिभावकहरुको परिचयपत्र बनाउनुपर्ने भएकाले अहिले निर्वाचन स्थगित भएको हो’ प्रमुख रेग्मीले भने ‘उम्मेदवारहरुसंगको सामुहिक छलफलमा नै सो निर्णय मंगलबार बिहान भएको हो ।’ विद्यालयका अन्य पदाधिकारीहरु चयन भईसकेको भएपनि सत्यवती माध्यमिक विद्यालयको अध्यक्ष चयन हुन सकेको छैन । विद्यालयको अध्यक्ष पदमा ४ जना आकांक्षीहरु भएको कारण लामो समयदेखिको र्सवसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा माधव अधिकारी, शुरेश वाग्ले, सुर्यचन्द्र लम्साल र करुण काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारी नेकपा एमाले निकट हुन भने अन्य सबै नेपाली कांग्रेस निकटका उम्मेदवार हुन् । समितिको सदस्यमा भने रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ र्सवसम्मत चयन भईसकेका छन् ।

व्यास नगरपालिकाले अन्तरिमकालकोलागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी तोकेका व्यास नगरपालिका-२ का वडाध्यक्ष काशिराम श्रेष्ठले आफूहरुले सामूहिक तथा व्यक्तिगत रुपमा समेत पटक पटक प्रयास गरे पनि कोही पनि उम्मेदवार सहमतिका लागि तयार नभएपछि निर्वाचनमा जाने निर्ण्र्ाालिएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker