फागुपूर्णिमाका दिन डुम्रे महोत्सवमा “ब्ल्याकफेदर”को लाइभ कन्सर्ट

डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा फागुपुर्णिमका दिन शुक्रबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदरको लाइभ कन्सर्ट हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए ।
युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित ब्ल्याकफेदरको कन्सर्ट राखिएको संयोजक श्रेष्ठले बताए । हरेक दिन चर्चित कलाकारको सांगितक प्रस्तुतीले दर्शकको मन जित्दै आएको महोत्सवमा खासगरी युवा पुस्तालाई ध्यानमा राखी कन्सर्ट थप गरिएको हो ।
यस्तै महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ राखिएको छ । सुनामी खेल खेल्न पहिलो दिनमै दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महोत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए ।
महोत्सवमा मंगलबार चर्चित गायक रमेशराज भट्टराई, रेनुका भट्टराई, सुभाष गुरुङ, सीता विसी लगायतका कलाकारहरूले मनोरञ्जन दिएका थिए भने खुला दोहोरी प्रतियोगिता समेत भइरहेको छ ।
यस्तै महोत्सवमा बन्दिपुर केवलकारमा छुट, रेष्टुराँमा छुट, एनटिसिको सिमकार्ड फ्री लगायतका सुविधाहरू उपलब्ध गराइएको महोत्सवका प्रवक्ता अधिकारीले बताए। यस्तै महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवुलकारमा समेत विभिन्न छुट पाउने बताइएको छ । महोत्सवको टिकटमा बन्दीपुर केवलकार जान ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत, स्काइलिङ, जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा आगामि चैत्र ३ गतेसम्म सञ्चालन हुने छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा उनले गरेका छन् ।
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ । दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निःशुल्क स्टल उपलब्ध गराएको महोत्सवका स्टल संयोजक राम जोशीले बताए। महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निःशुल्क खाने व्यवस्था गरिएको उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker